काठमाडौं, नेपाल – लोकतान्त्रिक समूहद्वारा आयोजित नेपाल इन्जिनियर्स संघको ३४औँ केन्द्रीय र तेस्रो वाग्मती क्षेत्रीय कार्यसमितिको बृहत् इन्जिनियर सभा तथा निर्वाचन अभियान काठमाडौंको बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीमा सम्पन्न भएको छ।
कार्यक्रममा नेपाल इन्जिनियर्स संघका अध्यक्षका उम्मेदवार सुवास चन्द्र बरालले पेशागत क्षेत्रमा लामो अनुभव भएका इन्जिनियरहरूको अधिकार र सुरक्षालाई बलियो बनाउन आफ्नो भूमिका रहने बताएका छन्। उनले सहकारिता, एकता, र गुणस्तरसहितको सामाजिक आदर्शलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।
वाग्मती प्रदेश अध्यक्ष पदका उम्मेदवार इन्जिनियर बलराम पुडसैनीले आफ्नो प्रतिबद्धता पत्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (C.T.E.V.T.) को माध्यमबाट रोजगारी विकासका लागि काम गर्ने बताएका छन्। देशमा विद्यार्थी संख्या र प्राविधिक जनशक्ति घटिरहेको चिन्ता व्यक्त गर्दै उनले यस अवस्थालाई सुधार्न आफूले कुनै कसर बाँकी नराख्ने बताए।
कार्यक्रमका प्रमुख अतिथि बालाजु स्कुल अफ इन्जिनियरिङका प्रमुख खुशीराम अधिकारीले इन्जिनियरहरूको क्षमता अभिवृद्धि, रोजगारीका अवसरहरूको सिर्जना, र नवप्रवर्तनको प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा कर्मचारी युनियनका केन्द्रीय सदस्य पारस पाठकको संयोजकत्वमा भएको थियो भने, अन्य अतिथि इ. दीपकबाबु कडेलले प्राविधिक शिक्षा र इन्जिनियरिङ क्षेत्रले देशको आर्थिक तथा भौतिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताएका थिए।
नेपाल इन्जिनियर्स संघको ३४औँ कार्यकारिणी समितिको निर्वाचन आगामी भदौ २८ गते हुँदैछ।
2 comments
Somebody essentially help to make significantly articles Id state This is the first time I frequented your web page and up to now I surprised with the research you made to make this actual post incredible Fantastic job
For en fremragende skrivejobb! Både grundigheten og klarheten i din analyse er sterkt verdsatt. Dine data var både praktiske og relevante. Dette er en artikkel jeg vil komme tilbake til på et senere tidspunkt. Din kunnskap og innsikt er sterkt verdsatt.